बाजुरा प्रदेश सभा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी

अत्तरिया : बाजुरा प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी भएका छन ।

उनी एमालेका बल देव रेग्मीलाई २ हजार ३४१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । शाहीले १० हजार ९७३ मत ल्याउँदा रेग्मीले ८ हजार ६३२ मत ल्याउका थिए ।

राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो ।

 

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरेका छन ।

 

त्यसैगरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन ।

 

Loading...