अछामको मेल्लेख गाउँपालिका – ६ शोडषाकामा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु

अछाम: अछाममा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । शनिबार मेल्लेख गाउँपालिका – ६ शोडषाका ४० वर्षीय केशर बोहराको बदेलको आक्रमणमा परि मृत्यु भएको हो ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत थिए ।

Loading...