बझाङको जिल्ला अस्पताल सुदूरपश्चिममै दोस्रो स्थानमा , अस्पतालमा विशेषज्ञ सेवा समेत सुरु

बझाङ: जिल्ला अस्पताल बझाङ न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै दोस्रो भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट दोस्रो भएको हो ।

न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८४ प्रतिशत अङ्क ल्याएर प्रदेशकै दोस्रो भएको जिल्ला अस्पतालका प्रमुख डा नबराज जोशीले बताउनुभयो । बर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ८४ प्रतिशत नै अङ्क ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८४ प्रतिशत अङ्क ल्याउँदै दोसो्र हुन सफल भएको हो ।

विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ । प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै दोस्रो हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर जोशीले बताउनुभयो ।

न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट दोस्रो हुँदा आफूलाई निकै खुसी लागेको र नया भवनमा सरेकोले धेरै ब्यवस्थापन हुन लागेकाले अबको छ महिना पछि हुने मुल्यांकनमा ९० प्रतिशत ल्याउने गरी काम भैरहेको डा जोशीले बताउनुभयो ।
जिललामा डा नबराज जोशी आएपछि जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । जिल्ला अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ र सामान्य शल्यक्रिया गरेर तीन विशेषज्ञ सेवा बिस्तार भएको छ । जिल्लामा नै यस्ता सेवाहरु पाएपछि उपचारको लागी बाहिर जानुपर्ने समस्या घटेको र आर्थिक भार समेत कम भएको सेवा गा्रहिले बताएका छन् ।

Loading...