३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरपारी निःशुल्क स्वास्थ्य शिविर संचालन


धनगढी ः नेपालले ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरपारी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । धनगढीमा रहेको दक्षीणकाली बहिरा आवाशीय विद्यालय र अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य शिविर संचालन गरीएको हो । सँस्थाले विश्व खाध कार्यक्रमको सहयोग तथा नोभा हस्पीटल संगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरेको हो ।


दक्षीणकाली बहिरा आवाशीय विद्यालयमा ८० जना बालबालीका तथा सुप समावेशी विद्यालयमा २३ जना बालबालीकाले निःशुल्क स्वास्थ्य सेवा लिएको सप्रोस नेपालका कैलाली जिल्ला समुन्वयकर्ता चन्द्र बहादुर सिहंले बताए । उनीहरुलाई समस्या बमोजीमका औषधी प्रदान गरीनुकासाथै आवश्यक चेकजाँच गरीएको उनले बताए । सप्रोस नेपालले गोदावरी नगरपालीकामा कृषी तथा शिक्षाको क्षेत्रमा तीन वर्षदेखी काम गर्दै आएको छ ।




