३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बझाङमा पनि मनाइयो

बझाङ: आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बझाङमा पनि मनाइँएको छ । अपाङ सुरक्षा सञ्जाल जयपृथ्बी नगरपालिका १० को आयोजना सामाजिक बिकास कार्यालयको सहयोगमा आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सदरमुकाम चैन्पुरमा धुमधाम सँग मनाइएको हो ।

अपाङ सुरक्षा सञ्जाल जयपृथ्बी नगरपालिका १० का अध्यक्ष ब्रम्हदत्त जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल रहनुभएको थियो भने बिशिष्ट अतिथी सामाजिक बिकास कार्यालयका प्रमुख बिर बहादुर धामी रहनुभएको थियो ।

यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूणर् र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ दिवस मनाइएको छ । यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा तीन दशकअघि सुरु गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकास मार्फत अपाङ्गता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । अपांगता भएका व्यक्तिलाइ हेप्ने प्रवृत्ति बढेकाले यो अन्त्य हुनुपर्ने भन्दै सार्वजनिक यातायातमा समेत भाडादर कार्यान्वयन हेर्नू पर्ने अपाङ सुरक्षा सञ्जाल जयपृथ्बी नगरपालिका १० का अध्यक्ष ब्रम्हदत्त जोशीले बताउनुभयो । कार्यक्रममा नागरीक समाजका अध्यक्ष दिर्घराज जोशी ,हलिया मुक्तिसमानका प्रतिनिधि,भुमि आयोगका प्रमुख ,अपाङगता भएका व्यक्ति ,पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रममा देउडा खेलीनुका साथै अपाङ सुरक्षा सञ्जाल जयपृथ्बी नगरपालिका १० का अध्यक्ष ब्रम्हदत्त जोशीलाइ सम्मन समेत गरीएको छ ।

Loading...