पछाडी परेका महिलाहरुको क्षमता विकासका लागि बिशेष योजना ल्याउनेछु :अध्यक्ष साउद

शेर बहादुर शाह/अछाम : चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले पछाडी परेका महिलाहरुको उत्थानका लागि कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

गाउँपालिकाका केही वडाहरुमा अहिले पनि महिलाहरु विभिन्न कारणले पछाडी परेको भन्दै त्यस्ता महिला दिदि बहिनीहरुको सामाजिक, आर्थिक र क्षमता विकासका लागि बिशेष योजनाका साथ काम गर्ने बताउनुभयो । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत चौरपाटि गाउँपालिकाको वडा नम्बर १ को गैरिलेख बजारमा वडा स्तरिय महिला संजाल द्धारा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष साउदले यस्ता दिवसको अवसरमा मात्रै नभई अन्य समयमा पनि पालिकाका महिलाहरुलाई माथि उठाउने खालका कार्यक्रमहरु ल्याउने योजना आफ्नो रहेकाले पालिकाका विकट वडाका महिलाहरुलाई पहिलो प्राथामिकथता दिने बताउनुभयो ।

समाजमा महिला माथि अहिले पनि विभिन्न तरिकाले हिंसा भईहेकाले यसले महिलाहरु निकै कमजोर हुदै गएको बताउनुभयो ।चौरपाटि गाउँपालिकाकाका जुनसुकै वडाका महिलाहरु समस्यामा परेको बेला आफ्नो तर्फबाट गर्न सकिने सम्पुर्ण सहयोग गर्न तयार रहेको उहाको भनाई थियो ।

 

महिला संजालका अध्यक्ष कलावती शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य राम बहादुर थापा,नेपाली कांग्रेसका क्षेत्र नं. १ प्रदेश कार्य समिति शभापति महेश खड्का, वडा नम्बर १ का वडा अध्यक्ष बिर बहादुर थापा, वडा सदस्य गणेश बहादुर शाह लगायतले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महिला संजालका पवन साउदले गर्नुभएको थियो । साथै वडा नम्बर १ को गैरिलेख बजारमा आयोजना गरिएको कार्यक्रममा सहभागि महिलाहरुले विभिन्न गीत मार्फत सन्देश दिएका थिए । स्थानीय कला संस्कृतिको संरक्षण संगै देउडा गीत मार्फत दिदि बहिनीले देउडा खेलेका थिए ।

 

Loading...