युवती हत्या प्रकरण: आराेेपित एकजना प्रकाउ

बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा आज एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोली रहेका छन्।

सशस्त्र प्रहरीका जवान समेत रहेका भरतलाई कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ गरिएकाे ब‌ैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लाेकराज जाेशीले जानकारी दिनुभयाे ।
प्रकाउ परेका भरतलाई बैतडी ल्याउने तयारी भएकाे छ । आधारमा समातिएको हाे ।
मायाकाे हत्या गरिएको भन्दै उनका आफन्तले किटानी जाहेरी दिएका थिए ।

मायाको शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाटि रेटेको अवस्थामा गत बुधबार शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको उपचार भइरहेको छ ।

Loading...