बाजुरा बाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी


बाजुरा: नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेहका हुन् ।


बुधबारबाट रुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् । ०६४ पछि बाजुरामा कांग्रेसले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् ।



बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो ।



