नेपाली बजारमा बोईलर कुखुराको मूल्य ह्वात्तै घट्यो ! प्रति किलो कतिमा हुदै छ त कारोबार ?


काठमाडौं : भारतबाट सस्तोमा कुखुरा नेपाल भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।


‘कुखुराको उत्पादन बढेर मूल्य घटेको होइन,’ संघका सचिव देवकुमार गिरीले भने, ‘मूल्य घट्नुको एक मात्रै कारण भारतबाट सस्तोमा आयात भएर हो ।’ असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य असोज ३१ मा प्रतिकिलो २ सय ६० रुपैयाँ तोकियो । मंसिर १४ गते प्रतिकिलो २ सय २० रुपैयाँ तोकिएको संघले जनाएको छ ।



सस्तो कुखुरा बजारमा भित्रिएपछि बाध्य भएर मूल्य घटाएको उनको दाबी छ । संघले कोल्डस्टोर मूल्य २ सय २० तोकेपछि खुद्रा बजारमा प्रतिकिलो ३ सय रुपैयाँ भन्दा बढी नपर्ने गिरीको दाबी छ । खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा ब्रोइलर कुखुरा भित्रिन्छ । तुलनात्मक रुपमा भारतीय कुखुरा धेरै सस्तो पर्छ ।


त्यसैगरि, कुखुरा पालीने घरको लागि अग्लो तथा पानीको सहज निकाश हुने बलौटे दोमत भएको माटो भएको ठाउँ हुनुपर्छ । साना चल्ला हुर्काउने घर, ठूला कुखुरा, फूल पार्ने अवस्थामा पुगेका कुखुरा पालिने घर भन्दा ३०० फिट टाढा हुनु पर्छ । घरको मोहडा पूर्व पश्चीम फर्केको हुनु उचित मानिन्छ जसले गर्दा घाम, पानी, हुरी, बतास कुदुरा घरमा सहज रुपमा प्रवेश गर्न पाउँदैन ।
कुदुरा पालीने घरहरुको वीचमा कम्तीमा ३० फिट ठाउँ हुनु आवश्यक छ जसले गर्दा कुखुरा घरहरुमा हावाको उचित निकाश हुन सकोस् । खोरमा हावाको दोहोरो निकाश हुन घरको चौडाई ३२ फिट राख्न वेश लम्बाई त कति चाहिने हो पालीने कुखुराको संख्यामा भर पर्ने भयो नै । उचाईको हकमा मध्ये भाग १२—१४ फिट जसमा २—३ फिट अलि छड्के पार्ने की ताकी पानीका छिटा घर भित्र न परोस् ।

जाडो हुने ठाउँमा वरिपरिका पर्खाल ६—८ फिट तथा गर्मी हुने ठाउामा ८—१० फिट राख्नु पर्छ । यसरी बनाइने घरको छेउका पर्खाल तल्लो ३÷४ भाग पक्की ईंटाको गाह्रो तथा माथिको १÷४ भाग तारको जाली लगाउनु उचित । खोरको भुईं पक्की सिमेन्टको बनाउने र २—३ फिट अग्लो बनाउने जस्ले गर्दा बाहिरको चिसो, पानी भित्र रसाउन नपाओस् घरको माथिको भाग छाना हालेको जस्तो बनाउने । छानामा कस्तो सामग्री प्रयोग गर्ने, त्यो स्थानिय रुपमा उपलब्ध खर, पराल, छ्वाली वा जस्ता पाता जे प्रयोग गरे पनि हुन्छ । कुखुरा पालिन बनाउने घर वा खोर वरिपरि रुख लगाउने हो भने हुरी बतासबाट बचाउँछ ।

