नेपाली राजनितिमा छालाङ मार्दै सांसद बनेका रबि लामिछानेले गरे यस्तो घोषणा


काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट भारी मतले प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने जनताको समस्या समाधानका लागी एक्सनमा उत्रिन थालेका छन् ।


केहि दिन अघि मात्रै देशभरका किसानहरु मल नपाएका कारण पिरोलीरहेको अवस्थामा लामिछानेले किन जनताले मल पाएका छैनन् ? यस भित्रको भित्री खेल के हो ?भन्ने बिषयको सोधी खोजी गर्दै साल्ट टे«डिङमै पुगेर एक्सन लिएका छन् ।



सांसद निर्वाचित भएका अधिकांश दलका नेताहरु खादा मालाले पुरिएर विजयउत्सव मनाइरहेका बेला लामिछाने भने काममा लागेका छन् । आफुलाई भोट दिने जनतालाई परेको सबैभन्दा ठूलो समस्यामानै रविले पहिलो पहल सुरु गरेका छन् ।


यस्तै आज उनले फेसबुकमा लेखेका छन्, ‘नागरिकका करिब ३०० गुनासोहरुमा काम हुदै , अधिकांश समाधान, बाँकी समाधानको प्रक्रियामा, केही वैदेशिक रोजगार सम्बन्धि गुनासोमा समन्वय हुँदै।’

