कैलालीको गोदावरी – ४ हाटखोलीमा अत्तरिया जेसिजद्वारा निःशुलक स्वास्थ्य शिविर आयोजना


अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ हाटखोलीमा निःशुलक स्वास्थ्य शिविर आयोजना गरिएको छ । अत्तरिया जेसिज वर्ष २०२२ ले वडाकै विकट क्षेत्रका रुपमा रहेको हाटखोलीमा शिविरको आयोजना गरेको हो । शिविरमा २४९ जनाले सेवा लिएको अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतले जानकारी दिए ।


उनले विकट क्षेत्रमा स्वास्थ्य संस्थाहरुको पर्याप्त पहुँच नहुने र उनिहरुले उपचारका लागी घण्टौ हिड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताए । शिविरमा बढी जसो बालबालीका र महिलाहरुले सेवा लिएको उनले बताए ।



‘महिला तथा बालबालीकाहरुको सहभागीता बढी थियो’ उनले भने ‘शिविरको आधारमा हेर्ने हो भने त्यहाँ महिला रोग विशेषज्ञ, बालरोग विशेषज्ञ र आँखाका डाक्टरहरुको आवश्यकता छ ।’ उनले उक्त क्षेत्रमा आखाँ शिविर सञ्चालन गर्ने योजना रहेको समेत बताए ।


अत्तरियामा रहेको पद्मा अस्पताल प्रा.लि को चिकित्सकिय टोलीले सेवाग्राहीहरुलाई सेवा दिएको थियो । शिविरको व्यवस्थापकिय सहयोग अत्तरियामा रहेको सत्यवती एकेडेमीले गरेको थियो ।


