अछामको चौरपाटीमा १९औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो


शेर बहादुर शाह /अछाम : १९ औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सोमबारचौरपाटि गाउँपालिका पनि स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘


दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।



उहाले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई पालिकाले बिशेष प्राथमिकता राखेको बताउदै आगामी दिनमा महिला स्वास्थ्य स्वयसेविकाहरुको क्षमता बिकासका लागि बिशेष कार्यक्रम ल्याउने प्रतिबद्धता गर्नुभयो ।


कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख खेम बोगटी ,महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट सारु थापा लगायतले मन्तव्य राखेको कार्यक्रममा उपहार स्वरुप वडा नम्बर १ का १७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई न्यानो लुगा सहित सम्मान गरिएको छ ।
चौरमाण्डौ आधारभुत अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष वीर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निमित्त प्रमुख लोकेन्द्र स्वारको स्वागत मन्तव्य राख्नु भएको थियो । स्वास्थ्यकर्मी बिकास धामीले संचालन गर्नुभएको उक्त कार्यक्रम कविता थापा ,कौशिला साउद र धना थापाले सास्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।



