कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्धारा अनुदानमा च्याउ र प्याजको बीउ वितरण

अत्तरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदानमा च्याउ र प्याजको बीउ वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ९ वटै वडाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याउ र प्याजको बीउ वितरण गर्न लागेको हो ।

चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत नगरपालिकाको कृषि शाखा मार्फत अनुदानमा बीउ वितरण गर्न लागिएको नगरपालिकाको कृषि शाखाका प्रमुख लाल बहादुर धामीले बताए ।

उनले अनुदानमा बीउ वितरणका लागि नगरपालिकाबाट ३ लाख बजेट छुट्याइएको बताए । बीउ वितरण कार्यक्रमको मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझाले शुभारम्भ गरेका थिए ।

हाल नगरपालिकाको कृषि शाखाबाट बीउ वितरण कार्य जारी रहेको छ । कृषि शाखा प्रमुख धामीले बीउ वितरण कार्य २/३ दिन सम्म जारी रहने बताए ।

Loading...