कैलालीको गोदावरी -९ को जंगलमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, २ जना पक्राउ

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाकी १३ बर्षीय बालिकामाथि सामुहिक बलात्कार भएको छ । मंसिर १८ गते गोदावरी नगरपालिका – ९ को सेहरी जंगलमा बालिकामाथि सामुहिक बलात्कार भएको हो ।

बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका ९ का १९ बर्षीय बिनोद खत्री र २४ बर्षीय नविन चौधरी पक्राउ परेका छन ।
मंगलबार बालिकामाथि बलात्कार भएको जाहेरी आएपछि आरोपित दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रबिन्द्र राज पाण्डेले बताएका छन ।

उनले बालिकाको स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको बताए । आरोपित दुवै जना इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका छन ।

Loading...