बझाङको बुंगलबाट बैतडीको खोड्पेतिर आउदै गरेको जीप दुर्घटनामा ! चालकसहित चार जना घाइते

बैतडी : जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीकाे सुर्नया गाउँपालिका ६ दुदिलाखानमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
घाइते हुनेमा जिप चालक बझाङकाे केदारस्यु गा.पा.५ गौराडीका धन बहादुर गुरधामी,बझाङकै बुङ्गल न.पा.०९ कि नरपति पातली,साेहि ठाउँकि कालि पातली र नरमा पातली रहेका छन् ।

घाइतेमध्ये नरपति र कालिकाे अवस्था गम्भीर रहेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरिक्षक लाेकराज जाेशीले जानकारी दिनुभयाे ।
घाइते सबैलाई उपचारकाे लागि डडेलधुरा अस्पताल पठाएको छ ।

बझाङबाट डडेल्धुरा जादैं गरेको से१ज १२२६ नं को जिप आज बिहान ८ बजेतिर दुदिलाखानमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनाग्रस्त जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
जिप अनियन्त्रित भएर दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।

Loading...