विहेको सिजन चल्दै गरेको यो महिनामा सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको सुनचाँदीको मूल्य


नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।


यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।



यसैगरी चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ । मंगलबार १३५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।




