तारा एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो ! जहाजमा चिल ठोक्कियो !


हुम्ला: हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।


अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् ।



दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए । अनलाईनखबर बाट




