कैलालीको धनगढीमा कम्प्युटर एशोशियसन महासंघ कैलालीको १५औ साधारण सभा सम्पन्न


अत्तरिया: कम्प्युटर एशोशियसन महासंघ नेपाल कैलालीको १५औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो ।


संघका अध्यक्ष नरेश धामीको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकमका क्षेत्रिय उप निर्देशक सुरत मल्ल रहेका थिए भने विशिष्ठ अतिथिमा संघका केन्द्रिय सचिव हर्क सेठी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले संघ र टेलिकम एकआपसमा जोडिएको बताए ।



उनले संघले अन्र्तराष्ट्रिय स्तरमा पनि सेवाहरु दिईरहेको बताए । ‘२१औ सताब्दीमा टेक्नोलोजि बिनाको कुनै काम सम्भव छैन’ उनले भने ‘संसार भरी नै टेक्नोलोजीलाई पु-याउन तपाईहरु सफल हुनुभएको छ ।’ उनले टेक्नोलोजीकै कारण कतिपय विकाश निर्माणका कामहरुले तिब्रता पाएको बताए ।


यसैगरी विशिष्ठ अतिथि सेठीले नेपालको सबै जिल्लाहरुमा संघले सेवा दिईरहेको बताए । उनले महासंघले धेरै सरकारी र गैह्रसरकारी निकायहरुसँग समन्वय गरेर कामहरु अगाडी बढाईरहेको बताए । उनले टेलिकम सँगको सहकार्यमा आगामी दिनहरुमा अझै विभिन्न सेवामुलक कार्यहरु संघले अगाडी बढाउने बताए ।
कार्यक्रममा संघमा आवद्ध विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव यज्ञराज ओझाले गरेका थिए ।



