राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चयनमा पार्टीभित्र असन्तुष्टि !

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ। रवि लामिछाने सभापति रहेको रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो।

 

तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजे पछि पार्टी भित्रै असुन्तुष्टी पैदा भएको हो । रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ।

 

प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोध भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

Loading...