कैलालीको अत्तरिया बजार आसपासमा नगरपालिकाद्वारा निरन्तर सडक अतिक्रमण हटाइँदै

अत्तरिया : कैलालीको अत्तरिया बजारमा एक सातादेखि सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउने कार्य जारी रहेको । गोदावरी नगरपालिकाले मंसिर १८ गते देखि सडक किनार र फुटपात अतिक्रमण गरेर बनाएका संरचना हटाउन सुरु गरेको थियो ।

 

सोही क्रममा शुक्रबार अत्तरियाको पुर्व रोडमा रहेको वनखेत बजारमा सडक अतिक्रमण हटाइदै छ । नगरपालिकाले सो क्षेत्रमा सडक क्षेत्रमा पर्ने भौतिक संरचना संगै खोकाछाप्रा हटाइँदै छ ।

 

गोदावरी नगरपालिका कार्यालय अगाडी देखि अतिक्रमण हटाउन सुरु गरेको नगरपालिकाले अत्तरिया बजार क्षेत्रको सडक अतिक्रमण हटाइसकेको छ ।

 

सो क्रममा सडक क्षेत्रमा निर्माण गरिएको सार्वजनिक शौचालय पनि भत्काइएको छ । प्रयोगबिहिन रहेको अत्तरियाको पहाड रोडमा रहेको शौचालय भत्काइएको हो ।

Loading...