भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकामा‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सुरु


धनगढी : भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालनमा ल्याइएको छ ।


अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसर पारेर यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले शुक्रबारदेखि नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याएको हो ।



धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा.हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरे ।


यूएनडीपीका संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका परियोजना अधिकृत मनोज ओझाले स्थानीय तहमा देशमै पहिलो पटक धनगढी उपमहानगरपालिकामा नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा आएको बताए ।


