आज छत्र शाही र काजल जोशीको बिहे, इन्द्रेणी टिम आएन भन्दै धुरु धुरु रोए छत्र (हेर्नुस भिडियो)

काठमाडौं: लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं यो जोडीले आज गरेको हो ।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए । इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजलचर्चामा आएका हुन् । ् । यो जोडी सामाजिक संजाल टिकटकमा पनि उत्तिकै सकृय रहन्छ ।
यो पनि पढ्नुहोस – यो पनि पढ्नुहोस : सुगम संगीतका अधिकांश लोकप्रिय गीतका मोडल कलाकार सनम कठायत अचेल झुलघाटको चना पकौडी होटल तिर मोडल झरना बोहराका साथ फरक अवतारमा देखिएका छन ।

प्रतिभाशाली गायक/ संगीतकार नवराज कलौनी र सुदुर पश्चिमकि चर्चित देउडा गायिका पुस्पा बोहरा आवाजमा रहेको समाजिक वास्तविकता बोकेको मौलिक देउडा गीत ” चना पकौडी ” पछिल्लो समय टिकट्क लगायत विभिन्न सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया सहित निकै चर्चा कमाउन सफल भएको छ ।

सफल निर्देशक विक्रम चौहानको निर्देशनमा बनेको उक्त भिडियोमा कैलाली क्षेत्रका विभिन्न रमणीय स्थानहरु समेत हेर्न सकिन्छ ।गायक स्वयं कलौनिको उत्कृष्ट शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोले चौतर्फी बटुलेको चर्चाले गायिका पुस्पा बोहरा आफु निकै खुसी रहेको र दर्सक श्रोताको अझै माया पाउनेमा ढुक्क रहेको बताउनु भएको छ ।

Loading...