फेरी अर्को आईपिओ आयो ! माया खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला


काठमाडौं: माया खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज अर्थात मंसिर २३ गतेदेखि आईपीओ जारी गरेको हो ।


कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।



कम्पनीले आयोजना अति प्रभावितका लागि ६ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयले आवेदन दिन सक्नेछन् ।


कम्पनीले प्रभावित क्षेत्रको रुपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । २ लाख ४० हजार कित्ता सेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा बिक्री गर्नेछ ।
कम्पनीको आईपीओमा छिटोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा गएको नेपाली नागरिकले भने पुस ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि लागि आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल प्रबन्धक रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ ।
वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

