ईन्डियन एयरको काठमाडौंबाट दिल्ली उड्न लागेको जहाजको टायर पन्चर !


काठमाडौं : काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको जहाजको टायर पन्चर भएको छ । ठिक्क परेको जहाजको टायर पञ्चर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको बताइएको छ ।


एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा रहेको जहाजकने टायर पन्चर भएपछि ग्राउन्डेड भएको हो ।



त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज ‘ट्याक्सी वे’बाट थ्रेसहोल्ड एरियामा पुगेर धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा टायरको प्रेसर कम भएको थियो ।


पञ्चर भएसँगै जहाजलाई मेसिनको सहायताले तानेर पार्किङ वेमा राखिएको छ ।केही बेर अवरुद्ध भएको विमानस्थल अहिले भने सामान्य बनिसकेको छ ।


