डडेल्धुराको गन्यापधुराका किसानलाई उन्नत जातको भैंसी वितरण

डडेल्धुरा: गन्यापधुराका किसानलाई उन्नत जातको भैंसी वितरण गरिएको छ । युएनडीपी सिड्स नेपाल र गन्यापधुराको साझेदारीमा हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत बैज्ञानिक भैंसीपालन कार्यक्रम लागू भएको हो ।

शुक्रबार जनप्रतिनिधि र सिड्स नेपालका प्रतिनिधिको सहभागीमा गन्यापधुरा ५ कोरालखोलाका १० किसानलाई एक/एक उन्नत जातको मुर्रा क्रस भैंसी वितरण गरिएको परियोजना संयोजक देविलाल उपाध्यायले जानकारी दिए । गन्यापधुरा ३ र ५ मा लागू भएको उक्त कार्यक्रममा पहिलो चरण गन्यापधुरा ५ कोरालखोलाका १० किसानलाई मुर्रा क्रस भैंसी वितरण गरिएको हो । केहिसमयमा वडा ३ र ५ का ३० किसानलाई वितरण गरिने उनले जानकारी दिए ।

किसानको जीवनस्तर उकास्ने उदेश्यले दुध उत्पादनमा प्रेरित गर्न भैंसी अनुदान दिएको उनले जानकारी दिए । उक्त क्षेत्रलाई भैंसीको पकेट क्षेत्र विस्तार गरि दूध सङ्कलन केन्द्रको स्थापनाका साथै बजारीकरणको समेत व्यवस्था गरिने परियोजना संयोजक उपाध्यायले जानकारी दिए ।

 

Loading...