बहुउदेश्यिय बिकास समाज डडेल्धुरा द्धारा जिल्ला स्थित सरोकारबाला सँग समन्वय तथा अन्र्तरक्रिया कार्यक्रम

बझाङ: बहुउदेश्यिय बिकास समाज डडेल्धुरा द्धारा जिल्ला स्थित सरोकारबाला सँग समन्वय तथा अन्र्तरक्रिया कार्यक्रम गरेको छ । उक्त सँस्थाले जिल्लामा एच आइ भी र टीभिको क्षेत्रमा काम गदै आएको छ । बहुउदेश्यिय बिकास समाज डडेल्धुराले ६/ ६ महिनामा गरेको कामको समीक्षा, प्रगती र आउने दिनमा कसरी अगाडि बढ्रन सकिन्छ भन्ने सुझाब लिने उदेश्यले सरोकारबाला सँग समन्वय तथा अन्तरक्रिया कार्यक्रम गरीएको हो ।

बहुउद्देश्यीय बिकास समाज डडेलधुरा र सेब द चिल्ड्रेन को सहकार्यमा संचालित ग्लोबल फण्ड एच आईभि / टिबि रोकथाम कार्यक्रम अन्र्तगत बझाङ जिल्लाको ७ पालिकामा काम गदै आएको छ । जिल्लाको केदारस्यु गाउपालिका,छबिसपाथीभेरा गाउपालिका,थलारा गाउपालिका,जयपृथ्बी नगरपालिका र बुङगल नगरपालिकामा काम गदै आएको सँस्थाले अहिले बित्थडचिर र दुर्गाथली गाउपालिकामा समेत कार्यक्रम लागु गरेको ग्लोबल फण्ड एच आईभि / टिबि रोकथाम परीयोजनाका कार्यक्रम अधिकृत भरत बमले बताउनुभयो ।
कार्यक्रम लागु भएको पालिकामा समुदायमा एच आईभि चेकजाच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थाइ साधन बितरण गर्दै आएको कार्यक्रम अधिकृत बलमे बताउनुभयो । ग्लोबल फण्ड एच आईभि / टिबि रोकथाम कार्यक्रम बैतडि र बझाङ जिल्लामा १६ मार्च २०२१ बाट सुभारम्भ भएको हो ।

जिल्ला समन्वय समितीका प्रमुख नर बाहदुर बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सहायक प्रमुअ जिल्ला अधिकारी प्रमोद चन,डिएसपि जागेश्वर भण्डारी ,अनुसन्धान प्रमुख ,पत्रकार लगाएतको कार्यक्रममा उपश्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रम अधिकृत भरत बलले पछिल्लो समय जिल्लामा पहिलेको तुलनामा एचआइभि र टिभिको बारेमा जनचेतना मिल्न थालेपछि कम हुदै गएको बताउनुभयो । यस्तै जिलला समन्यय समितीका प्रमुख नर बहादुर बोहराले समेत यो कार्यक्रमले जिल्लामा रामो्र काम गरेको भन्दै अन्य पालिकामा समेत कार्यक्रम लागु गर्नुपर्ने बताउनुभयो ।

Loading...