बैतडीको शिगास मावि रक्सौनमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन

बैतडी:


बैतडीको सिगास गाउँपालिका वडा नं. ३ मा रहेको श्री शिगास माध्यमिक विद्यालय रक्सौनमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाले जस्बिर सिहं साउद विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित अन्य ८ जना पदाधिकारी चयन गरिएको शिगास माध्यमिक विद्यालय स्रोतले जनाएको छ ।

विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अन्य पदाधिकारीमा सदस्यहरु जस्बिर सिहं साउद “नबिन”, अमर सिंह धामी, गणेश सिहं धामी, सरस्वती धामी साउद, ईश्वरी धामी साउद, मन्धरा धामी, चक्र सिह साउद र सदस्य सचिव दान बहादुर बोहरा रहनुभएको छ ।

Loading...