कैलालीको अत्तरियाना जेसिज वर्ष २०२२ र अत्तरिया जुनियर जेसिजले संयुक्त रुपमा सप्ताहको सुरुवात


अत्तरिया : कैलालीको अत्तरियामा जेसिज सप्ताह सुरु भएको छ । शनिबारबाट अत्तरिया जेसिज वर्ष २०२२ र अत्तरिया जुनियर जेसिजले संयुक्त रुपमा सप्ताहको सुरुवात गरेका हुन ।


केन्द्रिय कार्ययोजनाअनुसार जेसिजले प्रत्येक वर्ष जेसिज सप्ताहको आयोजना गर्ने गरेकोमा यस वर्ष पनि आयोजना गरिएको हो । शनिबार एक औपचारीक कार्यक्रमका बिच जेसिज सप्ताहको उद्घाटन गरिएको छ । अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष डबल बहादुर साउँद रहेका थिए । कार्यक्रममा बोल्दै साउँदले युवाहरुको व्यक्तित्व र नेतृत्व विकाशको काम जेसिजले गर्दै आएको बताए ।



उनले देशमा परिवर्तनको खाँचो रहेको र देशको परिवर्तनको संवाहकको रुपमा युवाहरुले जिम्मेवारी लिन जरुरी रहेको बताए । ‘देशमा परिवर्तनको खाँचो छ, त्यसैले देशपरिवर्तनको जिम्मेवारी अब युवाहरुले काँधमा लिनुपर्दछ’ उनले भने ‘देशको भविष्य बोकेका नयाँ नेतृत्व उत्पादन गर्ने काम जेसिजले गर्ने मैले विश्वास लिएको छु ।’ उनले पछिल्लो समय युवाहरु कुलतमा फसिरहेकाले त्यसको अन्त्यका लागी पनि जेसिजले पहल चाल्नुपर्ने बताए ।


अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष कडायतले जेसिजलाई समाजसँग जोड्नका लागी सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले एक हप्तासम्म विभिन्न सामाजिक कार्यहरु जेसिजले आयोजना गर्ने बताए । उनले सामाजिक कार्यअन्तरगत जेसिज सप्ताहमा ट्राफिक सचेतना, स्वास्थ्य शिविर, लागुऔषध दुव्र्यशनी सम्बन्धी सचेतना लगायतका कार्यक्रमहरु रहेको बताए ।
जेसिजले सप्ताहव्यापी कार्यक्रमअन्र्तगत शनिबार नै मैत्रिपुर्ण क्रिकेट प्रतियोगिता पनि आयोजना गरिएको छ । अत्तरिया जेसिज वर्ष २०२२ र अत्तरिया जुनियर जेसिसका पदाधिकारीहरुबिच भएको मैत्रिपुर्ण प्रतियोगीतामा अत्तीरया जुनियर जेसिज विजयी भएको छ ।



