मालाखेती अस्पतालमा लागेको शिविरमा २७ जनाले स्थायी बन्ध्याकरण गराए


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा २७ जनाले स्थायी बन्ध्याकरण (परिवार नियोजन) गराएका छन ।


स्वास्थ्य कार्यालय कैलाली र परिवार नियोजन संघ कैलालीको आयोजनामा संचालन गरिएको शिबिरमा २७ जनाले बन्ध्याकरण गराएका हुन ।
परिवार नियोजन शिविरमा २४ जना महिलाले मिनिल्याप र ३ जना पुरुषले भ्यासेक्टोमी गरको स्वास्थ कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईले बताए ।



स्वास्थ्य कार्यालय कैलालीले शुक्रबार चुरेमा शिविर संचालन गरेको थियो । जसमा २२ जनाको स्थायी बन्ध्याकरण गरिएको परिवार नियोजन अधिकृत चापागाईले बताएका छन ।




