शिव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा हरि सिहं बोहरा चयन

बैतडी:


बैतडीको सिगास गाउँपालिका वडा नं. ४ मा रहेको श्री शिव माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आज बसेको अविभावक भेला बाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

पूरानो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालय स्रोतले जनाएको छ।
माध्यमिक विद्यालय स्थापना भए पश्चात पहिलो पटक नवगठित समितिमा हरि सिहं बोहरा अध्यक्ष सहित अन्य ८ जना पदाधिकारी चयन भएका छन्। अन्य पदाधिकारीमा सदस्यहरु हरि सिहं धामी, गोपाल साउद, लोकेन्द्र सिह बोहरा, गौमती धामी, कमला धामी, लालमति साउद वीर बहादुर बोहरा र सदस्य सचिव वीर बहादुर बोहरा रहनुभएको छ ।

नयाँ चयन भएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष २०७९ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली काँग्रेस बाट वडा नं. ४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष नै पदाधिकारी भएपछि विद्यालयको सर्वाङ्गीण विकासमा अहम भूमिका निर्वाह गर्नेमा अविभावक भने आशावादी रहेका छन् ।

Loading...