फिफा विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा, खेल मंगलबार राति हुने


काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।


यस पटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलमा स्थान बनाएका छन् ।पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल मंगलबार राति हुनेछ ।



अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो ।यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।


मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदा फ्रान्सले इंग्ल्यान्डलाई हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।


