सडक सञ्जालमा जोडिदै : सिगास गाउँपालिकाको मुहार फेरिँदै

बैतडी:


बैतडीको सिगास गाउँपालिका निरन्तर रुपमा सडक सञ्जालमा जोडिदै गर्दा गाउँपालिकाको मुहार समेत फेरिन थालेको छ । गाउँ गाउँमा सिंह दरबारको आभास भएको ५ वर्षको अवधिमा सिगास गाउँपालिकाका धेरै वडाहरू सडक सञ्जालसँग जोडिएका छन् ।

एक समय दुदिलाखान गाँजरी सडकखण्ड रहेको सिगास गाउँपालिकामा अहिले पालिकाको केन्द्र सहित सबै वडाहरूमा सडक सञ्जाल विस्तार भएको गाउँपालिका अध्यक्ष हरि सिहं धामीको भनाइ छ ।

२०७४ सालमा सम्पन्न पहिलो स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा विजयी भएका धामी २०७९ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा पनि विजयी भएका थिए । गाउँपालिका अध्यक्ष धामी भन्नुहुन्छ “अहिले विभिन्न वडाबाट सडकको ट्रयाक खोलिएको छ ती सडकहरुलाई गाउँपालिकाको केन्द्र गर्जे सम्म जोड्नका लागि पहल भइरहेको छ पहिलो कार्यकालमा पनि मैले सडक लाइ प्राथमिकतामा राखेर काम गरेको थिएँ अहिले पनि सो कार्यलाइ निरन्तरता दिएका छौँ।”

लगत्तै श्रीभार दोगाड सडकलाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने प्रयास भइरहेको, साउनखेत–गर्जे सडक पनि गाउँपालिकाको केन्द्र जोड्नका लागि प्रयास भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कवीन्द्र प्रसाद ओझाको भनाइ छ । उहाँका अनुसार यी दुवै सडकका लागि १ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

यस्तै गाउँपालिकाको केन्द्र गर्जेदेखि वडा नं ६ को कार्यालय र वडा नं. ८ लेकदेखि वडा नं ७ को कार्यालय जोड्ने दुवै सडकका लागि ९५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं ५ ढुंगाड हुँदै एउटा सडक गाउँपालिकाको केन्द्रमा सडक सञ्जाल जोडिसकिएको छ भने गाँजरीदेखि कुर्चेनेटा सम्म पनि सडक निर्माण भइसकेको छ।
यस्तै गाउँपालिकाका अनुसार सडक सञ्जाल सँगै अन्य विकास निर्माणका पुर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायत अन्य क्षेत्रलाई पनि निरन्तरता दिएको जनाइएको छ ।

Loading...