सुदूरपश्चिम महोत्सवमा भोईस अफ नेपालका प्रतिस्पर्धी आशिष महरको क्रेज धनगढीमा बढ्दै


धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको चौथो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुतिले दर्शकलाई बेसरी झुमाए ।


महोत्सवमा आज चर्चित गायिका रचना रिमाल,गायक रमेशराज भट्टराई र ‘भ्वाइस अफ नेपाल-४’ मा सुदूरका एक्ला प्रतिस्पर्धी आशिष महर मुख्य आकर्षक थिए ।



महोत्सवमा आज ‘भ्वाइस अफ नेपाल-४’ का उत्कृष्ट ८ मा पुगेका सुदूरपश्चिमका आशिष महर आज महोत्सवमा आउने थाहा पाएपछि समर्थकहरु आशिषको जिताउ अभियानको ब्यानर लिएर महोत्सवमा सहभागी भएका थिए । ‘आशिष ! आशिष ‘भन्दै स्टेज अगाडि चर्को हुटिङ्ग गर्दै गरेका थिए । उद्घोषिका मन्जु पौडेल केही समयमा आशिष आउनै लागेको भन्दै समर्थकलाई सम्झाउदै गरेकी थिइन् ।


स्टेजमा आफ्नो प्रस्तुतिका उद्घोषिका पौडेलले चर्चित गायिका रचना रिमाललाई बोलाउदै गर्दा महोत्सवमा आशिष महर पुगेपछि आशिषका समर्थक उनी आएको गाडी नजिक हुटिङसहित बाक्लो भिड लाग्यो । भीड थाम्न प्रहरी र आयोजकलाई हम्मे हम्मे पर्यो ।
दर्शकहरुले आशिष महरको पक्षमा हुटिङ गरे । केहिसमय पछि आफ्नो प्रस्तुति दिन स्टेजमा आशिष महर आए । उनको प्रस्तुतिमा बालबालिका, युवायुवती दर्शकहरू झुमे । उनले भ्वाइस अफ नेपालमा गाएका गीतसंगै देउडा गित गाएर दर्शकलाई बेसरी नचाएका थिए र दर्शकहरु पनि रमाएका थिए ।

द भ्वाइस अफ नेपाल-४’ को उत्कृष्ट ८ मा पुगेका आशिषले गित प्रस्तुतिसंगै भोटिङ गरेर आफुलाई जिताउन पनि उनले आग्रह गरेका थिए । “तपाईंहरुको सहयोग, मायाले टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’मा उत्कृष्ट ८ मा पुगेको र अझैपनि पनि तपाईंको साथ,सहयोग र मायाले उत्कृष्ट ४ मा पुग्ने छु,” उनले भने ।
टिम प्रमोदमा रहेका आशिष महरलाई यसरी भोटिङ गर्ने सकिनेछ:-
Khalti App Download गर्नुहोस |
Log in गरि Vote Option मा जानुहोस |
Coach Pramod Select गर्नुहोस ।
त्यसपछि आशिष महरको नाम र फोटोमा थिच्नुहोस् र Vote गर्दा Voting अवधि सम्म हरेक दिन एउटा free vote गर्न सकिनेछ ।


