आज अन्तर्राष्ट्रिय तटस्थता दिवस

विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस आज (आइतबार) परेको छ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले शान्तिका लागि तटस्थताको आवश्यकतालाई जोड दिँदै आफ्ना सदस्य राष्ट्रहरूमा यो दिवस मनाउन प्रेरित गर्ने गरेको छ । विभिन्न मुलुकहरुको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागु गर्न सकेमा मात्रै विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्ने मान्यता एवम् विश्वास राष्ट्रसङ्घको रहेको छ ।

राष्ट्रसङ्घले सधैँ तटस्थताको पैरवी गरिरहेको हुन्छ । विभिन्न मुलुकमा भइरहेको तनाव र विवाद अन्त्यका लागि आह्वान गर्दै राष्ट्रसङ्घले मध्यस्थता गरेर तटस्थताको पैरवी गरिरहेको छ । विश्व शान्तिका लागि तटस्थताको पैरवी गर्नका लागि अन्तर्राष्ट्रिय तटस्थता दिवसको रूपरेखा तयार पारिएको हो ।

विशेष गरेर विभिन्न तनावका कारण हरेक मुलुकहरु धु्रविकृत भएका छन् । विश्व समुदायमा आआफ्नो प्रभाव जमाउने होडबाजी छ । संसारमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्ति मैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ ।

फेब्रुअरी २ सन् २०१७ मा राष्ट्रसङ्घले तुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखिको स्वतन्त्र राष्ट्रको मान्यता दिएको छ । त्यसपछि हरेक वर्ष डिसेम्बर १२ लाई तटस्थता दिवसको रूपमा मनाउन थालिएको हो ।

Loading...