धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आजका आक्रषणको रुपमा पशुपति शर्मा, सुप्रिम मल्ल सँगै अनु चौधरी आउदै

धनगढी: धनगढीमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज चर्चित चर्चित लोक प्रीय गायक पशुपति शर्मा, बाल गायक सुप्रिम मल्ल ठकुरी र गायिका अनु चौधरी आउँदै छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको आज पाँचौ दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए ।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म हुनेछ ।सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

Loading...