मंसिरको महिनाको अन्त्य तिर सुनको मूल्य घट्यो ! आजका लागि कतिमा हुदै छ त सुनचाँदीको कारोबार ? जानकारी लिनुहोस


काठमाडौं : साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रूपैयाँले घटेर एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।



तेजावी सुन प्रतितोलामा ९९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार १० रूपैयाँले घटेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


