‘आमा बचाउ अभियान’ का लागि धनगढी उपमहानगरपालिकाद्वारा एम्बुलेन्स हस्तान्तरण

धनगढी: धनगढी उपमहानगरपालिकाद्वारा ‘आमा बचाउ अभियान’ कार्यक्रमका लागि वडा नम्बर १८ लाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालले वडाध्यक्ष भुवन रिजाललाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाको समेत उपस्थिति रहेको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए । उनले नगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराउने बताए ।

Loading...