कैलालीको अत्तरियामा आधारभुततहको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता, सत्यवती एकेडेमी प्रथम

अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाका १२ ओटै वडामा आधारभुततहको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सोमबार गोदावरी नगरपालीकाको आयोजनामा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । नगरपालीकाको शिक्षा शाखाले वार्षीक कार्यक्रम अन्तरगत वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो ।

May be an image of 13 people, people standing, outdoors and tree
वडा नम्बर १ को घण्टेश्वर मा वि, २ को दुर्गालक्ष्मी नमुना मा वि र वडा नम्बर ३ ग्वासी मा वि खमौरामा प्रतियोगीता सम्पन्न भएको हो । त्यसैगरी वडा नम्बर ४ को राष्ट्रीय मा वि बास्कोटा तथा ५ को सरस्वती मा वि गेटा, ६ को शैलेश्वरी मा वि बडेँहा र ७ को दुर्गा मा वि हरैयामा प्रतियोगिता सम्पन्न भएको हो । त्यस्तै वडा नम्बर ८ को समैजी मा वि मजगाँउ,९ को सरस्वती मा वि सेहरी, १० को शंकर आधारभुत विद्यालय ,११ को सरस्वती मा वि ओलानी को र १२ को दुर्गा मा वि कोलमुडामा आधारभुततहको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

 

 

May be an image of 9 people, people standing, tree and outdoors
त्यसैगरी भोली मंगलबार वडा नम्बर २ अत्तरिया स्थीत दुर्गालक्ष्मी नमुना मा वि मा नगरस्तरीय हाँजीरी जवाफ प्रतियोगीता हुने नगरपालीकाको शिक्षा शाखाका प्राविधिक सहायक विष्णु अवस्थीले जानकारी दिए । हरेक वडाबाट प्रथम स्थान हाँसील गरेको समुह नगरस्तरीय प्रतियोगितामा सहभागी हुने उनले बताएका छन् ।

May be an image of 12 people, people standing, outdoors and tree

गोदावरी नगरपालिका का द्वारा आयोजित वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता मा
प्रथम स्थान :सत्यवती एकेडेमी
दोस्रो स्थान :दुर्गा लक्ष्मी नमूना मावि
तेस्रो स्थान :जनकल्याण मावि तेघरी भएको छ सम्पूर्ण बिद्यार्थी भाइबहिनी हरुलाइ हार्दिक बधाई

May be an image of 11 people, child, people standing, people sitting and outdoors

Loading...