स्थानीय तहमा लगत संकलन काम छुटेका ठाउँमा पुनः सुरू गरिदै (सूचना सहित)

काठमाडौँ : लगत संकलनल गर्ने काम पुनः सुरू हुने भएको छ। राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन सम्बन्धी काम फेरि सुरू गर्ने भएको हो।

 

चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको थियो।

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु नरहेको बताएको थियो। आयोगले स्थानीय तहमा पुनः काम सुरू गरिएको जनाएको छ।

 

आयोगले मंसिर २८ गतेदेखि पुनः काम सुरू गरिने जानकारी दिएको छ।

 

Loading...