बैतडीमा भलिबल प्रतियोगितामा विवाद: सिगास प्रतियोगिता छाडेर बाहिरियो

रेफ्रीले पक्षपाती निर्णय गरेको आरोप

बैतडी:


आइतबार देखि बैतडीमा जारी तेज बहादुर चन्द स्मृति अन्तर पालिकास्तरीय भलिबल प्रतियोगितामा विवाद सृजना भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा जिल्लाको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा विवाद आएको हो ।

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा विवाद हुँदा सिगास गाउँपालिकाको टिम प्रतियोगिता छोडेर बाहिरिएको छ।
आजको सेमिफाइनल खेलमा सिगास गाउँपालिका र दशरथचन्द नगरपालिकाबीच खेल चलिरहेको समयमा विवाद भएपछि प्रतियोगिता बहिष्कार गरेर बाहिरिएको हो ।

खेलका क्रममा पहिलो र दोस्रो सेट सिगास गाउँपालिका तथा तेस्रो र चौथो सेट दशरथचन्द नगरपालिकाले जितेको र पाँचौ सेटमा सिगास गाउँपालिका र दशरथचन्द नगरपालिका २ – ३ स्कोर बनाएर खेल चलिरहेको थियो ।

चौथो चेक आउट र पाँचौ नेट छोएर फल हुँदा समेत रेफ्रीले सहि निर्णय नगरेको भन्दै सिगास गाउँपालिकको टिमले प्रतियोगिता बाट बाहिरिनु परेको टिम क्याप्टेन गोविन्द साउदले बताउनुभयो ।

यसैबीच रेफ्रीले पक्षपाती निर्णय गरेकाले आफूहरुले प्रतियोगिता छोडेको पनि उहाँको भनाइ छ । रेफ्री परिवर्तन गरेर पुनः खेल खेलाए आफूहरु खेल्न तयार रहेको पनि सिगासका टिम क्याप्टेन गोविन्द साउदले बताउनुभयो ।

आधा घण्टा स्थगित भएको खेलमा रेफ्रीले खेललाई निरन्तर गर्न अनुरोध गर्दा पनि सिगास कोर्टमा नआएपछि दशरथचन्द नगरपालिकालाई भने विजेता घोषणा गरि सकिएको छ।

Loading...