बझाङको भुकम्पको जोखिमबाट बच्न पुराना र कमजोर संरचनालाई रेट्रोफिटिङ प्रबिधि अपनाउन इन्जिनियरको सुझाब

बझाङ : १ दिने रेट्रोफिटिङ सम्बन्धि अभिमुखीकरण कार्यशाला गोष्ठि आज जयपृथ्बी नगरपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थीक सहयोग, युएनडिपि नेपालको पा्रबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी बझाङ जिल्ला शाखाको आयोजनामा अभिमुखीकरण कार्यशाला गोष्ठि गरीएको हो । भबन निर्माण सम्बन्धि आचार सँहिता पालना नगरी बनाइएका घर , भुकम्पका कारण जोखीममा रहेका अथवा क्षती भएका घरलाइ कसरी प्रबलिकरण गर्न सकिन्छ भन्ने उदेश्यले गरीएको गोष्ठिमा इन्जिनियरहरूले पुराना र कमजोर संरचनालाई रेट्रोफिटिङ गरेर नयाँ जस्तै बलियो बनाउन सकिने बताएका छन ।

What is Retrofitting of Structures? It's Types & Benefits - Civil  Engineering

बझाङ जिल्ला भुकम्पको उच्च जोखिममा रहेको त्यसैमा पनि भुकम्प गए जयपृथ्बी नगरपालिकामा पनि ठुलो क्षती हुने भन्दै पुराना घरहरुमा रेट्रोफिटिङ गर्नुपर्ने जनाइएको छ । ’रेट्रोफिटिङ भनेको संरचनालाई भूकम्पको जोखिमबाट बचाउन या भूकम्पले चर्किएको संरचनालाई बाहिरबाट सबलीकरण गरेर बलियो बनाउने प्रविधि हो,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा कार्यरत इन्जिनियर सन्दिप थापाले भन्नुभयो ।
नेपालको पश्चिमाञ्चल क्षेत्रमा शहरी र भुकम्प पुर्बतयारी एब प्रतिकार्य क्षमता सुदृढिकरण परीयोजना जयपृथ्बी नगरपालिका ९ र १० वडामा लागु भएको छ । जस अन्र्तगत पहिलो पटक २ वडाका २ /२ घर गरी ४ वटा घरलाइ रेट्रोफिटिङ गरीने र पछि बिस्तारै बढाउदै लिइने जनाइएको छ । रेट्रोफिटिङ गर्न बाहिरबाट डकर्मी बोलाउनु भन्दा जिल्लामा नै ४० जना डकर्मीहरुलाइ १० दिनको रेट्रोफिटिङ सम्बन्धि तालिम दिइने इन्जिनियर दिवश दाहालले बताउनुभयो । यस्तो अवस्थामा भूकम्पको जोखिम जहिले पनि हुने भएकाले पूरानो तथा जीणर् संरचनालाई पनि रेट्रोफिटिङ प्रविधिबाट नयाँ जस्तै बलियो बनाउन सकिने उहाले दाबि गर्नुभयो ।


पुराना घर तथा भवनको रेट्रोफिटिङ गर्दा कुल लागतको बढीमा १५ प्रतिसत खर्च हुने दाहालले बताउनुभयो । पूराना र जीणर् घर तथा भवनलाई रेट्रोफिटीङ गरेर बस्नका लागि सुरक्षित बनाउन सकिन्छ । जसका लागि क्रंक्रिट ज्याकेटिङ, स्टिल ज्याकेटिङ, फाइबर प्रबलित पोलिमर ज्याकेटिङ गरिन्छ। इटा, ढुङ्गा तथा सिमेन्टले बनेका पूराना घरलाई रेट्रोफिटिङ गरेर सुरक्षित बनाउन सकिन्छ उहाले भन्नुभयो । जयपृथ्बी नगरपालिकाका नगरप्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्बी नगरपालिका १ देखी ११ सम्मका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,जयपृथ्बी नगरपालिकाका शाखा प्रमुखहरु , युएनडिपिका प्रतिनिधि लगाएत सरोकारबाला निकाय ,पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बजालले आगामि दिनमा सबैले मिलेर थप बिज्ञ सँग छलफल गरी अगाढि बढ्रने र घर बनाउदा माटो सँगै बस्ती सुहाउदो मापदण्ड अपनाइने बताउनुभयो ।

Loading...