कैलालीको स्याउलेबजारमा साना किसान सहकारीको वार्षिक साधारण सभा, ८७ लाख बढी नाफामा


अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ समैजीनगरमा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले ८७ लाख भन्दा वार्षिक नाफा आर्जन गरेको छ । बुधबार आयोजित संस्थाको २६औ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कुल ६१ करोड ४० लाख ३० हजार ९५७ रुपैयाको कारोबारमा ८७ लाख ७७ हजार ९८० रुपैया संस्थाले नाफा कमाएको हो । कुल १ करोड ९९ लाख १२ हजार ४०३ रुपैया मुनाफा कमाएको संस्थाले भविष्यमा पर्न सक्ने सम्भावित नोक्सानीको व्यवस्थामा १ करोड ११ लाख ३४ हजार ४२३ रुपैया छुट्याएको छ ।


२०५३ साल चैत २९ गते ३५ जना शेयरसदस्यको ३ हजार ५ सय शेयरपुँजिबाट सुरुवात भएको संस्थामा हाल ५ हजार २ सय ७३ जना शेयरसदस्य रहेका छन भने संस्थाको शेयरपुँजि ४ करोड ८ लाख ५३ हजार रुपैया रहेको छ । संस्थाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई कृषिमा उत्प्रेरित गर्ने कार्य गर्दै आएको छ ।



बुधबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रामप्रसाद चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।


कार्यक्रममा संस्थाका अध्यक्ष र चौधरीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका लेखा समिति सदस्य प्रेमराज पाठकले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी संस्थाकी लेखा समिति सदस्य विष्णुमाया उपाध्यायले गत वर्षको लेखा सुुपरिवेक्षण प्रतिवेदन, पशुबिमा समितिका सदस्य फलराम चौधरीले पशुबिमा प्रतिवेदन र मुख्य प्रबन्धक टेकराज भट्टले संस्थाको वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । संस्थाकी उपाध्यक्ष कुन्ति देवी मडैले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक टेकराज भट्टले गरेका थिए ।
समाजमा व्याप्त गरिवि निवारणका लागी स्थापित उक्त सहकारीले साना किसानहरुलाई व्यवसायीक बनाउने कुरामा ध्यान दिएको संस्थाका मुख्य प्रबन्धक भट्टले बताए । उनले साना किसानहरुलाई व्यवसायीक बनाई उनिहरुको आर्थिकस्तर उकास्ने कार्यका लागी नै सहकारीले विभिन्न योजनाहरु ल्याएको बताए । उनले विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागी साना किसान सदैव अग्रसर रहने बताए ।



