अत्तरियामा रहेको जिवनज्योती महिला विकासको १९औ वार्षिक साधारण सभा सम्पन्न


अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १९औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन भने विशिष्ठ अतिथिमा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा रहेका थिए ।


कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले भाडाँको घरमा बसेर सुरुवात भएको संस्थाले आफ्नै भवनमा साधारण सभा सञ्चालन गरेको देख्दा खुशी लागेको बताईन । उनले जिवनज्योतीले समाजमा निरन्तर रुपमा नेतृत्व तहमा पुग्न सक्ने र नेतृत्व लिन सक्ने महिलाहरु उत्पादन गरिरहेको बताईन । उनले महिला विकास सहकारीहरुले महिलालाई चुलोचौकोबाट बाहिर ल्याई उनिहरुलाई आफ्नै खुट्टामा उभिन सिकाएको बताईन । उनले महिलाहरुलाई रोजगारी र उद्यमी बनाउन पनि महिला सहकारीहरुले योगदान पु¥याएको बताईन ।



यसैगरी कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि सापकोटाले हुँदा खाने र हुने खाने बिचको खाडल पुर्न सहकारीहरुको स्थापना भएको बताए । उनले राज्यले ल्याएको सहकारीको अवधारणा अनुसार सहकारीहरुले पनि अर्थतन्त्रको एउटा खम्बाको रुपमा काम गरिरहेको बताए । सहकारीहरुले महिलाहरुलाई व्यवसायीकरण गरि बेरोजगारीको समस्या समाधान गरेको उनले बताए ।


कार्यक्रममा विभिन्न संघंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष कार्किले प्रस्तुत गरेकी थिईन भने संस्थाको प्रगती प्रतिवेदन तथा प्रस्तावित बजेट र निति कार्यक्रम सचिव सुनिता मल्लले प्रस्तुत गरेकी थिईन । यसैगरी संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेनुका बि.क र लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा समिति संयोजक बबिता तामाङ्गले प्रस्तुत गरेकी थिईन । कार्यक्रममा विभिन्न विद्यातर्फ उत्कृष्ट भएकाहरुलाई सम्मानित गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ६१ लाख ६ हजार ५५० रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ ।
२०५९ सालमा २५ जना महिलाहरुद्धारा संकलित १ लाख शेयरपुँजिबाट सुरु भएको सहकारीमा आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म २ हजार ६ सय ७० शेयरसदस्य र २ करोड २७ लाख ६१ हजार ९ सय शेयरपुँजी रहेको छ । सहकारीले सचेतना तालीमहरु ल्याउने, संस्थामा आवद्ध सदस्यहरुको आर्थिक स्तरमा बृद्धि ल्याउने, होजियारी कारखाना खोली तयारी सामान उत्पादन र बिक्रि गर्ने लगायतका महत्वपुर्ण योजनाहरु अगाडी सारेको छ । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन ।


