बैतडीको सिगास गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनायो
गाउँसभा बाट छिटो भन्दा छिटो पारित गरी कार्यान्वयन गर्ने तयारी


बैतडी:


बालविवाह अन्त्य गर्न सिगास गाउँपालिकाले रणनैतिक योजना बनाएको छ । पालिका भित्र दिनानुदिन बालविवाह बढ्दै गएको अवस्थामा यसको अन्त्य गर्न उक्त रणनैतिक योजना बनाएको सिगास गाउँपालिकाले जनाएको छ ।
सामाजिक समस्याको उग्र रुप लिदै गएको बालविवाह अन्त्य गर्नु अहिलेको आवश्यकता भएको र यस्लाई अन्य गर्न गाउँपालिकाले रणनैतिक योजना बनाएको गाउँपालिका अध्यक्ष हरि सिहं धामीको भनाइ छ ।



बालविवाह एक सामाजिक समस्याको रुपमा रहेकाले त्यसलाई रोक्नका लागि पालिकाले रणनैतिक योजना बनाएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए ।


बालविवाह अन्त्य गर्न सिगास गाउँपालिकाले बनाएको रणनैतिक योजना कार्यपालिकामा पेश भइसकेको र गाउँसभा बाट छिटो भन्दा छिटो पारित गरी कार्यान्वयन गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभएको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष, भिएसओ र पिसवीनको समेत सहकार्यमा सिगास गाउँपालिकाले बालविवाह अन्त्य गर्न रणनैतिक योजना बनाएको सिगास गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टको भनाई छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष, भिएसओ र पिसवीनको सहकार्यमा सिगास गाउँपालिकाका विभिन्न वडामा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेकाे छ ।


