बैतडी सिगासका किषानहरुले गरे मकै निर्यात सुरु,आज एकै दिन १०० क्वीन्टल निर्यात

बैतडी:

जिल्लाको सिगास गाउँपालिका बाट किसानहरुले मकै निर्यात गरि रहेका छन्।सिगासमा मकै उत्पादनमा बृद्वि भए पछि पालिकाको मुख्य ब्यापारीक केन्द्रको रुपमा रहेको वडा नं.०२को गाँजरी बजार बाट किसानहरुले मकै निर्यात सुरु गरेका हुन्।

आज मात्रै वडा नं.०२ का किसानहरुले ‘एक सय’ क्वीन्टल मकै आफु मार्फत निर्यात गरेको वडा नं.०२ का स्थानीय ब्यापारी राम सिंह धामीले बताए|उनका अनुसार:

अहिलेसम्म वडा नं.०२ मा मात्रै किसानहरुले ‘तीन सय’ क्वीन्टल भन्दा बढी मकै निर्यात गरिसकेको जनाए भने अहिले पालिका भरबाटै किसानहरूले मकै निर्यात गरिरहेका छन्।

गाउँपालिकाका धेरै जसो स्थानहरुमा धान उत्पादन नहुने भएकाले त्यस क्षेत्रमा मकै खेति गरि उत्पादन भएको मकै निर्यात गर्दै धान/चामल आयत गर्ने गरेको सिगास गाउँपालिका वडा नं.०२ का कृषक रमेश सिंह धामीले बताए।उनका अनुसार:

आफुहरुले भटमास र मकै उत्पादन गरि निर्यात गरेर चामल लगायत अन्य खाद्यान्न आयात गर्ने गरेको बताएका छन्।

तेस्तै आफुहरूले उत्पादन गरेको मकै लगायत भटमासले उपयुक्त बजार भाउ नपाउदा आफूहरुले घाटाघाटीमै भए पनि उत्पादन गरेको मकै र भटमास बेच्नु परेको किसानहरूको दुखेसो समेत रेहेको छ।

सिगास गाउँपालिका कृषकहरू गहुँ,मकै र भटमास खेति गर्दै आईरहेका छन्।धेरै स्थाहरुमा भिरालो जमिन,सिचाइको अभाव लगायत उपयुुक्त बिउ र प्राबिधिक साहयताको अभावमा कृषकहरूले अन्य खेति लाई प्राथमिकता दिन सकिरहेको छैनन्।जस्ले गर्दा धान/चामल लगायतका अन्य खाद्यान्न आयात गर्नुपर्ने बाद्यता रहेको छ।

सिगास गाउँपालिका बाट यो पटक ४००० क्विन्टल भन्दा बढी मकै निर्यात हुने अनुमान गरिएको छ।

 

Loading...