धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा भोलीका आक्रषणको रुपमा खुमन अधिकारी, चक्र बम र शितल शर्मा आउदै


धनगढी: धनगढीमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज चर्चित चर्चित लोक प्रीय गायक खुमन अधिकारी, सुदूरपश्चिमेली चर्चित गायक चक्र बम र गायिका तथा उदघोषिका शितल शर्मा आउँदै छन् ।


कैलाली उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको आज लोक प्रिय गायक प्रमोद खरेलको बेजोड प्रस्तुती रहको कुरा कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार सँयोजक मनोज अग्रवालले जानकारी दिए ।



महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म हुनेछ ।


सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

