धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपियो


धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप भएको छ। धनगढी उपमहानगरपालिका -१ पशुपति टोलमा जारी रहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ।


यस्तै कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति हुने गरेको छ।



भोलि पुष १ गतेका आर्कषणको रूपमा खुमन अधिकारी, चक्र बम र शीतल शर्माको बेजोड प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार संयोजक मनोज अग्रवालले जानकारी दिए। अब महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ।महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।




