नेपाल विद्यार्थी संघको पहलमा त्रि-चन्द्र क्याम्पसको Retrofitting & Reconstruction कार्यको थालनी


👉️ नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले मिति २०७९ असार २३ गते सम्माननीय प्रधानमन्त्री ज्यु सँग साक्षात भेटवार्ता, छलफल र त्रि-चन्द्र क्याम्पसको Rectrofitting & Reconstruction गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाएको।


👉️ नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले मिति २०७९ असार २४ गते क्याम्पस व्यवस्थापन समिति, क्याम्पसमा रहेका अन्य विद्यार्थी संगठनहरु, त्यसैदिन शिक्षा मन्त्रालय अन्तर्गतको CLPIU ले DPR तयार गर्न नियुक्त गरेको Eversafe Cousultancy सँग छलफल गरेको।



👉️ मिति २०७९ असार २८ गते अर्थ मन्त्रालयले बजेटको स्रोत सुनिश्चितता उपलब्ध गराइएको


👉️ नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसको पहलमा मिति २०७९ असार २९ गते शहरी विकास मन्त्रालयको आ.व. २०७८/७९ को बजेट सिलिङ भित्र बाट व्यवस्थापन गर्ने गरि रु ४८ करोड २० लाखको सीमाभित्र रही भवन निर्माण खरिद प्रकृया अगाडी बढाउन शहरी विकास मन्त्रालय लाई अर्थ मन्त्रालयको पत्राचार भएको।
👉️ मिति २०७९ असार ३१ गते शहरी विकास मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग लाई पत्राचार गरेको।

👉️ नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसको अगुवाईमा मिति २०७९ भाद्र १४ र १५ गते त्रि-चन्द्र क्याम्पसको नयाँ भवन निर्माणका लागि सम्भावित जग्गा उपलब्ध गराउन घण्टाघर तर्फको खाली जमिनमा वा सरस्वती सदन तर्फको खाली जमिनमा निर्माण गरिने भवनको Conceptual drawing को विषयमा Eversafe consultancy र व्यवस्थापन समितिका विच छलफल भएको।
👉️ नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसको अपिल बमोजिम नै Eversafe Consultancy ले आफ्नै खर्चमा DPR तयार पार्न त्रि-चन्द्र क्याम्पसको सम्पुर्ण नक्साकंन गरी माटो परिक्षण समेत गरेको।
👉️ नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसको पहलमा मिति २०७९ भाद्र १७ गते घण्टाघर तर्फको भवनको Rectrofitting गर्न भवन निर्माण तथा शहरी विकास विभागले करिव ४८ करोड २० लाखको टेन्डर प्रकृयाको थालनी गरेको।
👉️ नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले मिति २०७९ मंसिर २० गते टेन्डर हात पारेको New Technical Infra Pvt. Ltd. , शिक्षा मन्त्रालय अन्तर्गतको CLPIU का सचिव, क्याम्पस प्रशासन, क्याम्पस व्यवस्थापन समिति, DPR तयार पारेको Eversafe Consultancy का अधिकारी का साथै क्याम्पसमा रहेका अन्य विद्यार्थी संगठनहरु समेतको संयुक्त भेलामा क्याम्पसको Rectrofitting & Reconstruction कार्य यथाशीघ्र हुनुपर्ने र यसमा सबै पक्षले साथ दिनुपर्ने धारणा व्यक्त गरेको।
👉️ मिति २०७९ मंसिर २९ गते देखि New Technical Infra Pvt. Ltd. ले कामदार पठाइ Rectrofitting कार्यको थालनी गरिसकेको।
यस सिलसिलामा प्रत्यक्ष एवं परोक्ष किसमले हामीलाई सहयोग गर्ने, उत्साह बढाउने र शुभ चिन्ता व्यक्त गर्ने सबै महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दछौ। साथै जनउत्तरदायी, जनकल्याणकारी एवं जिम्मेवार सरकारको नेतृत्व गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु समक्ष समेत विशेष धन्यवाद ज्ञापन गर्दछौ।


