कञ्चनपुरमा क्याम्पस जाने क्रममा बसले ठक्कर दिदा कविराजको ज्यान गयो


कञ्चनपुर: कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा क्याम्पस गइरहेका विद्यार्थी बेदकोट नगरपालिका ६ का २१ वर्षीय कविराज वैजलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहले बताए ।


प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । मृत्यु भएका विद्यार्थी कञ्चन विद्या मन्दिरमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिए । बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयले पुर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् ।





