बाल गायिका कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा


काठमाडौं: प्रत्यक्ष लोकदोहोरी ‘छहारी बजारमा’ सुमन परियारसँग गाएको गीतका कारण कमला घिमिरे विवादमा परेकी छन् ।


छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन् ।



कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् ।


यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिष्कारको माग गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन् ।

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए । छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् ।
उमेरले भर्खर टिनएजमा प्रवेश गरेकी कमलासँग सुमनले वयस्क भावमा यो दोहोरी गाएका छन् ।
टुक्काहरू यस्ता छन् ः
सुमन
मन मिले अहिले नै नजिक सरम्ला
अठार कटेसी बिहे गरे गरम्ला
कमला
जानु है बेलुकी पानी पिएर
घुम्न जाऊँ तल्तिर १० लाख लिएर
सुमन
नानीको कुराले सातो गयो नि
दश लाखको माया त महँगो भयो नि
कमला
यस्तै हो छोडिदेऊ अब संसार
चल्न त परिगो कोही कोही अन्सार
सुमन
यो तालले मायामा कहाँ फस्छु म
द–दस लाख तिर्दिन एक्लै बस्छु म
कमला
ढिला भो अब त घर जानलाई
जाम हिँन होटल कफी खानलाई
सुमन
म फस्न चाहन्न होटल धाएर
यतै गफ गरम्ला पानी खाएर
कमला
भेट्नेछु फेरि नि अब आउने दिन
क्यामरा अन गर्छु पख एकैछिन
सुमन
चिया नि कफी नि उतै खान्छु है
पेट काट्ला जस्तो भो घर जान्छु
कमला
हेर त एकचोटि मेरो आँखामा
नदाजौं मायालाई दस–बीस लाखमा
०००
यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा गरेका छन् । तर, आलोचनाका स्वरहरू पनि सुनिन थालेका छन् ।

